बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२५ हजार भन्दा बढी सक्रिय संक्रमित भए अहिलेको पूर्वाधारले धान्न नसक्ने

  • बुधबार, अशोज ७, २०७७
सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन्। मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको डा गौतमले जानकारी दिए।

नेपालमा हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्। उनले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने कार्यालय एक महिना नखोल्ने निर्णय भएको पनि जानकारी दिए।

नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार