बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ६ केजी गाँजासहित एकजना पक्राउ

६ केजी गाँजासहित एकजना पक्राउ

  • मङ्लबार, अशोज ६, २०७७
६ केजी गाँजासहित एकजना पक्राउ

झापाको दमक नगरपालिका–२ स्थित बेलडाँगी चोकबाट सशस्त्र प्रहरीले करिब ६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका– ६ बस्ने ४५ वर्षीय बीरबहादुर राई छन् । राईलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश
बलेडाँगीबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट दुई वटा मोबाइल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार