शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

  • मङ्लबार, अशोज ६, २०७७
बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

गुल्मीको पहिरोमा हिजो साँझ  बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तका अनुसार बेपत्ता हुनेहरू स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल हुन् ।

तम्घास रातडाँडा सडक खण्डमा पहिरोले बगाएर छल्दी पनाह खोलामा बेपत्ता भएका उनीहरुको शवलाई नेपाली सेना वीरभद्रजङ्ग गुल्म धागिथुम ब्यारेकबाट खटिएको टोलीले फेला पारेको गुल्मपपनि सेनानी भुपेन्द्र गुरुङले जानकारी दिए ।

सङ्गै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर लगाएको अध्यक्ष टीका रेस्मिले जानकारी दिए । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार