शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • रुसमा ९६ वर्षदेखि कसरी राखिएको छ लेनिनको शव ?

रुसमा ९६ वर्षदेखि कसरी राखिएको छ लेनिनको शव ?

  • सोमवार, अशोज ५, २०७७
रुसमा ९६ वर्षदेखि कसरी राखिएको छ लेनिनको शव ?

रुसी क्रान्तिका सबैभन्दा ठूलो नायक भ्लादमिर लेनिनको अगुवाइमा रुसमा जार शासनको अन्त्य भएको थियो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि सन् १९२२ मा सोभियत संघको स्थापना भयो र विश्व महाशक्ति बन्यो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । तर लेनिनको मृत्यु भएको ९६ वर्ष भैसक्दा पनि उनको शव अहिलेसम्म सुरक्षित रुपमा राखिएको छ ।

कतिपयको दाबी त के छ भने पछिल्ला वर्षहरुमा दिनप्रतिदिन लेनिनको शव जाज्वल्यमान अर्थात् चम्किलो बन्दै गएको छ ।

लेनिनको मृत्युपछि अहिलेसम्म कैयन् पिँढीहरु गुज्रिए । तर उनको शवलाई चुस्त रुपमा राख्नका लागि रुसी वैज्ञानिकहरुले अथक मेहेनत गरे । सोही कारण लेनिनको शव केवल राम्रो मात्र देखिँदैन त्यसमा सुतेको जीवित मानिसकै जस्तो ताजगी देखिन्छ ।

मस्कोमा रहेको एक बायो केमिकल संस्थाले लेनिनको शवलाई ताजा बनाएर राख्ने काम गर्दछ । उक्त संस्थामा पाँचदेखि ६ जनासम्मका मानिसहरुको केन्द्रीय टिम छ, जसले लेनिनको शवलाई सुरक्षित राख्दछ । त्यसमा एनाटोमिस्ट अर्थात् शरीरको आन्तरिक संरचनाका विशेषज्ञ तथा शल्यचिकित्सकसँगै बायोकेमिस्टहरु पनि सामेल छन् ।

विशेषज्ञहरुले शवको भौतिक अवस्था, स्वरुप, आकार, वजन, रंग तथा अंगहरुको लचकता पनि पूर्ववत् अवस्थामा कायम रहोस् भनेर निकै मेहेनत गर्दछन् । त्यसका लागि क्वासीबायोलोजिकल साइन्सको प्रयोग गरिन्छ । जुन अन्य शवलेपनको तरिकाभन्दा फरक हो ।

यस प्रक्रियामा विशेषज्ञहरुले बेलाबखतमा शरीरका विभिन्न भागको छालालाई प्लास्टिक वा अन्य पदार्थले परिवर्तन गर्दछन् । सोही कारण लेनिनको शव देख्दा दुरुस्त देखिने भएपनि यसको वास्तविक पदार्थमा निकै परिवर्तन आइसकेको छ ।

लेनिनको मृत्युभन्दा ३ महिनाअघि सन् १९२३ मा एक गोप्य बैठक बसेको थियो । उक्त बैठकमै लेनिनको मृत्युपछि उनको शवलाई के गर्ने भन्नेबारे निर्णय गर्नु थियो । त्यस बैठकमै जोसेफ स्टालिनले लेनिनको शवलाई आगामी पिँढीका लागि संरक्षित राख्नुपर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव पास भएको हुनाले लेनिनको शरीरलाई मस्कोको रेड स्क्वाएरस्थित विशेष स्थानमा अद्यापि राखिएको छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार