शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • भूत भगाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यूले डाम्याे

भूत भगाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यूले डाम्याे

  • सोमवार, अशोज ५, २०७७
भूत भगाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यूले डाम्याे

 भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा किशोर शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।

असोज १ गते बालिका सामान्य बिरामी भएकी थिइन् । बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए ।

पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएकी छिन् ।

किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका थिए । पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

चर्चामा

सम्बन्धित समाचार