शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित

प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित

  • आइतवार, अशोज ४, २०७७
प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित

कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ ।

आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका प्रसनी विरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले  बताए ।

शुक्रवार (२ असोज)को विहानीपख चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल हत्कडी सहित भागेका थिए ।

आरोपीलाई लगाएको एकथान हत्कडी प्रहरी वृत कालिमाटी नजिकैको विष्णुमती खोला किनारामा भेटिएको छ । कालिमाटी क्षेत्रका ‘खुँखार चोर’ भनेर चिनिएका उनीहरु हत्कडीसहित कसरी भागे भन्नेबारे प्रश्न उठेको छ ।

घटना छानविनका लागी महानगरीय प्रहरी कार्यालयका निर्देशनमा काठमाडौं प्रहरीले छानविन समिती बनाउने भएको छ । समिती गठन गरेर त्यसबारे छानविन गरिने महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले  बताए ।

चर्चामा

सम्बन्धित समाचार