शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रमले संसार सकिन्न जित्न

भ्रमले संसार सकिन्न जित्न

  • शनिबार, अशोज ३, २०७७
भ्रमले संसार सकिन्न जित्न

भ्रमले संसार सकिन्न जित्न
अरुले गरेको देखेर जिउनु
दुनिया सङ फाटेको त्यो मन
सदाचार , न्याय सत्यले सिउनु

के गर्छ कुरा अचम्म मान्छे
फुस्क्यो कि क्या हो भन्थ्यौ त पहिले
उ आयो रेल बन्दै सुरुङ्ग
अब त कान्छा सुखले जिउनु
दुनिया सङ फाटेको त्यो मन
सदाचार, न्याय सत्यले सिउनु

धरहरा अब बाईस तले अरे
लोकमार्ग अनि करिडोर पनि
पाइप लाइन देख्दा छटपटी लाग्ला
अब त दाजु एकलै पिउनु
भ्रमले संसार सकिन्न जित्न
अरुले गरेको देखेर जिउनु

मार खेप्यो उसले नाकाबन्दिको
डरै नमानी ल्यायो त नक्सा
तिमि नि पहिला थियौ त उतै
सकेन क्याछौ ढुक्कले जिउनु
दुनिया सङ फाटेको त्यो मन
सदाचार, न्याय सत्यले सिउनु ।।

 

चर्चामा

सम्बन्धित समाचार