बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • बालगृहमा खाद्यन्न सहयोग

बालगृहमा खाद्यन्न सहयोग

  • मङ्लबार, भदौ ३०, २०७७
बालगृहमा खाद्यन्न सहयोग

काठमाडाैं–कोरोना भाइरसले पारेको प्रभाबले सबै तिर संकट भएपछि रोयल कोल्यारटिभ नामक सामाजिक संस्थाले काठमाडौ रहेको वालगृहलाइ खाद्यन्न सहयोग गरेका छन् । काठमाडौको डाँडा गाँउमा रहेकाे बालगृहमा पुगेर खाद्यन्न सहयोग गरेको संस्थाका संयोजक प्रकाश सार्कीले वताएका छन् ।
रोयल कोल्यारटिभ संस्थाले लकडाउनको बेला शुदुरपश्चिममा भारत बाट आएकालाई धनगढिमा खाना खुवाउने काम गरेको थियो । त्यो बेला ५७ हजार बढिलाई खाना खुवाउनमा सहयोग गरेको संस्थाका अध्यक्ष गजेन्द्र शाहिले वताएका छन् । पछिल्लो समय काठमाडौ केन्द्रित भएको संस्थाले गरिबको घरमा पुगेर खाद्यन्न सहयोग गरेको छ ।
काठमाडौका बिभिन्न क्षेत्रमा निशुल्क खानाको ब्यबस्थापन गरेको संस्थाले जनाएको छ । दैनिक १२ सय देखी १४ सय जनालाई निशुल्क खाना खुवाएको संयोजक प्रकाश सार्कीले वताएका छन् । काठमाडौको रत्नपार्क, बिर अस्पताल, कान्ति वाल अस्पताल, पशुपति क्षेत्रमा अलपत्र अबस्थामा रहेकालाइ खाना खुवाइरहेको संस्थाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार