बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • विजय लामासहित दुई पाइलटलाई कोरोना

विजय लामासहित दुई पाइलटलाई कोरोना

  • सोमवार, भदौ २९, २०७७
विजय लामासहित दुई पाइलटलाई कोरोना

नेपाल एयरलाइन्सका दुई जना पाइलटलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित परीक्षणका क्रममा दुई पाइलटमा कोरोना संक्रमण पुष्टि भएको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । हिजो स्वाब संकलन गरिएकोमा आज आएको नतिजामा दुई पाइलटमा कोरोना देखिएको उनले जानकारी दिइन् ।

कोरोना संक्रमण पुष्टि भएका दुवैलाई सोल्टीमा आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा एक जना विजय लामा रहेका बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार