शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अछाम बाजुरा सम्पर्क समिती सामाजिक कार्यमा सक्रिय

अछाम बाजुरा सम्पर्क समिती सामाजिक कार्यमा सक्रिय

  • आइतवार, भदौ २८, २०७७
अछाम बाजुरा सम्पर्क समिती सामाजिक कार्यमा सक्रिय

बाजुरा — अछाम बाजुरा सम्पर्क समितीले पछिल्लो समय सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै समस्यामा परेका व्यत्तिहरु लाई सहयोग गर्दै आएको छ । बिपन्न, गरिब, बाढी पीडित र अन्य आर्थिक अवस्था कमजोर भएका जनताहरु लाई सहयोग गर्दै बिभिन्न सामाजिक कार्यमा अहिले समिती सक्रिय रुपमा लागि परेको छ ।

यसैबिच समितीले दुई वटै मिर्गौला फेल भएर उपचार गराईरहनु भएका अछामका पत्रकार ध्रुव बीसीको उपचारका भन्दै ५ हजार, रामारोशनका बाढी पिढी पिडितका लागी १५ हजार, बाजुराको गौमुल गाउँपालिका बाढी पिडितका ललागी ५ हजार आर्थिक सहयोग गरेको समितिका सचीव सरिता थापाले बताए । समितिले पिडितको घाउमा थोरै भएपनी महलम लगाउने हेतुले सक्दो सहयोग गरेको उनले बताए । साथै आगामी दिनमा पनि समितीले सहयोग गर्ने बताए ।
यस सम्पर्क समिती को मुख्य उदेश्य भनेको बाजुरामा विभीन्न काम ले आएका मान्छेहरु एक्लो महशुशिक रण नहोश विपत तथा गरिब हरुलाई सहयोग गर्न लक्ष्य लिएको समिती ले यस भन्दा अगाडी ढकारी गापा का ईन्द्रा विक लाई रु १४ हजार सहयोग गरेको र साफेँ बगर नगरपालिकाका खगेन्द्र ओड लाई आठ हजार सहयोग गरेको थियो सम्पर्क समितिका अध्यक्ष प्रेम खनाल यस्तो सहयोगी काम मा निरन्तर लाग्ने गरेकाे बताएका छन ।

अछाम बाजुरा सम्पर्क समितिले बाजुरा र अछाममा थुप्रै सामाजिका कार्य सङ्गै अफ्ठ्यारोमा परेका बर्गका लागि सहयोग गर्दै आएको छ । आगामी आउने दिनमा पनि पनि रचनात्मकका काम गर्दै समाज रुपान्तरणका लागि अगाडि बढ्दै जाने समितिका अध्यक्ष प्रेम खनालले बताए ।

चर्चामा

सम्बन्धित समाचार