बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मन्त्री शाह द्धारा बाजुरेली साहित्य समाजको उदघाटन कार्यक्रम भर्चुअल माध्यम जुम बाट गरिदै

मन्त्री शाह द्धारा बाजुरेली साहित्य समाजको उदघाटन कार्यक्रम भर्चुअल माध्यम जुम बाट गरिदै

  • शनिबार, भदौ २७, २०७७
मन्त्री शाह द्धारा बाजुरेली साहित्य समाजको उदघाटन कार्यक्रम भर्चुअल माध्यम जुम बाट गरिदै

सामाजिक सञ्जालसँग आवद्ध बाजुरेली साहित्यीक व्यक्तित्वको सक्रियतामा सञ्जालमा ल्याएको बाजुरेली साहित्य समाजले भर्चुअल कार्यक्रम गर्ने भएको छ । शनिबार राती ८ बजेबाट औपचारिक कार्यक्रम गर्न लागेको समाजका संयोजक दिपेश उपाध्यायले बताएका छन् ।

साहित्य र सिर्जनासँग जोडिएका व्यक्तिहरुलाई लेखन र वाचन कलामा आकर्षण गर्ने उदेश्य सहीत गठन गरिएको साहित्य समाजले अग्रज साहित्यकार राखेर कार्यक्रम गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको प्रमुख आतिथ्यतामा भर्चुअल कार्यक्रम गर्न लागिएको हो ।

बाजुरेली साहित्य समाजमा आवद्ध समितिका सदस्य तथाअन्य साहित्यकारहरुको उपस्थितिमा गरिने कार्यक्रमलाई फेसबुक लाइभ र भर्चुअल माध्यम जुम बाटै प्रत्यक्ष कार्यक्रममा जोडिने सुविधा उपलब्ध गराईएको समाजका प्रचार विभाग प्रमुख जय ओली बजुरेल कान्छोले जानकारी दिएका छन् ।

लकडाउनको समयमा सिर्जना क्षमता भएका र केही नयाँ गर्न खोजिरहेका युवा साहित्यकारहरुको समूहलाई एकीकृत गर्दै कार्यक्रम गर्न लागिएको बताईएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह सहीत बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र युवा विद्यार्थी नेता नरेश रोकाया पनि सहभागि हुनेछन् ।

कार्यक्रममा गजलकार प्रदीप रोदन, मुक्तककार सन्तोष अम्गाई, गजलकार हिक्मत शाही क्षितीज, गीतकार तथा कवि राजेन्द्र शाह वीपी, साहित्यकार हर्क खडायत, कृष्ण ओली अविरल, चर्चित गायीका रेखा जोशी पनि अतिथि वाचन श्रष्टाका रुपमा सहभागि हुने आयोजकले बताएको छ । साहित्य समाजको शान, सिर्जना हाम्रो पहिचान भन्ने नाराका साथ कार्यक्रम आयोजना हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार