बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो देश जोगाउँन कुनै औतार आउँदैन -सुरेशकुमार पान्डे

यो देश जोगाउँन कुनै औतार आउँदैन -सुरेशकुमार पान्डे

  • शुक्रबार, भदौ २६, २०७७
यो देश जोगाउँन कुनै औतार आउँदैन -सुरेशकुमार पान्डे

यो देश जोगाउँन कुनै औतार आउँदैन,
गरीब जनताहरु को मद्तगार आउँदैन।

आफ्नो र देशको रक्षा आफैले गर्नुपर्छ,
हाम्रो साहाश बाहेक औजार आउँदैन।

बदल्नुछ समाज लाई नयाँ बाटो खन्दै,
नागरीक जस्तै नेता वजनदार आउँदैन।

युवाहरु न भागे देश छाडी परदेश त्रर्फ,
झुल्किन्छ घाम सदै यो असार आउँदैन।

तीमि हामी मिलेर बनाउँनुछ देश राम्रो,
बाँच्ने आफै देश भित्र आधार आउँदैन।

किसान मज्दुर ज्यामीकै एकता बिनता,
शंघर्षको रिजल्ट पनी होनहार आउँदैन।

सेते ले भोगेको कुरा हो गरीबको निम्ती,
धनी को मनमा कहिलेई प्यार आउँदैन।
सुरेशकुमार पान्डे।११-०९-२०२०,

चर्चामा

सम्बन्धित समाचार