• होमपेज
  • समाज
  • परेवाभीर र भिमफेदी कुलेखानी सुरुङ मार्ग कहिले बन्छ ?

परेवाभीर र भिमफेदी कुलेखानी सुरुङ मार्ग कहिले बन्छ ?

  • शुक्रबार, भदौ २६, २०७७
परेवाभीर र भिमफेदी कुलेखानी सुरुङ मार्ग कहिले बन्छ ?

भोली भाद्र २७ गते शनिबार रेडियो बुलेटिन ८९=७ मेघाहर्जले परेवाभीर र भिमफेदी कुलेखानी सुरुङ मार्ग कहिले बन्छ < भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

बागमति प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी हेटौडा– भिमफेदी–कुलेखानी सुरुङ मार्ग अहिलेसम्म बन्न नसकेको तर बागमति प्रदेशका मूख्यमन्त्रि डोरमणी पौडेलले बन्दैन भनेर सार्वजनिक रुपमै भनेको परेवाभीरमा बाटो बन्ने लगभग पक्का देखिएको सन्दर्भमा यो कार्यक्रमको आयोजना गर्न थालिएको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताउनु भयो ।

उहाले कार्यक्रममा बागमति प्रदेशका मूख्यमन्त्रि डोरमणी पौडेल, संघिय सांसद बिरोध खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेँल, बागमति प्रदेशका भौतिक पूर्वाधार बिकासमन्त्रि रामेश्वर फुयाल, बागमति प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानिया, प्रदेशसभा सदस्यहरु राजेन्द्र प्रसाद पाण्डे, केशबराज पाण्डे, ओम बहादुर ग्लान, सन्तबहादुर प्रजा, रमेश पौडेल, प्रभात तामाङ लगायतको सहभागिता रहने बताउनु भयो । यसैगरी थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, नेपाल पूर्वाधार कम्पनीका कुशकुमार जोशी, कैलास गाउपालिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्ल, भिमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामालगायत सहभागी रहने उहाले बताउनु भयो ।

बि=सं= २०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरकोमा बागमति प्रदेश सरकारले २०७५÷०७६ मा आएर बागमति प्रदेशको गौरवको योजनाका रुपमा यसलाई लिइयो तर अझैसम्म सुरुङ मागको काममा प्रदेश सरकारले चासो दिइरहेको छैन । यसैगरी प्रदेश सरकार अगाडी बढ्ने हो भने यो कार्यकालमा प्रदेशले ठेक्का प्रकृया पनि शूरु नगर्ने आलोचकहरुको भनाई छ ।

यसैगरी बागमति प्रदेश सरकारका मूख्यमन्त्रि डोरमणी पौडेलले बन्दैन भनेको परेवाभीरको बाटोको ठेक्का प्रकृया अगाडी बढीसकेको छ । परेवाभीर भएर जाने सडक निर्माणका लागि गाउपालिकाले रु २ करोड निकासा गरी काम अगाडी बढाएकोमा अहिले सोही क्षेत्रबाट निर्वाचित संघिय सांसद बिरोध खतिवडाले रु २ करोडको जोहो गरिदिएपछि सो बाटो बन्ने पक्का भएको जानकारहरु बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार