मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

धनगढीमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

  • बुधबार, भदौ २४, २०७७
धनगढीमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

धनगढीमा एक २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। मंगलबार उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामक होटलमा उक्त घटना घटेको प्रहरीले जनाएको छ।

आफुलाई चार जनाले होटलमा बोलाइ जबरजस्ती करणी गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी गरेका थिइन। उक्त उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका –९ का २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका –१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका –२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका –१ का २१ वर्षीय टंक धामी पक्राउ परेका हुन।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

चर्चामा

सम्बन्धित समाचार