मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

  • शनिबार, भदौ २०, २०७७
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका तीन र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का एक महिला र तीन पुरुष गरी चार जना, वडा नम्वर ३ का दुई महिला र दुई पुरुष गरी चार जना, धनगढीको वडा नखुलेका एक महिला र दुई पुरुष गरी तीन जना र वडा नम्वर ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनले कैलालीकै गोदावरीका १२ जना, कञ्चनपुर पुनरवासका दुई जना र भीमदत्तनगरका एक जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ।

उता डडेल्धुरा प्रयोगशालामा आज सुदूरपश्चिमका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिए।

सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका चार र छब्बीपाथिभरा गाउँपालिकाका दुई जना रहेको भुसालले बताए। उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १० जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का हुन्।

चर्चामा

सम्बन्धित समाचार