शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

  • बिहिबार, भदौ १८, २०७७
कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।

यस्तै देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्मको कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको गौतमले जानकारी दिए ।
यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्छामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार