मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • डडेल्धुराका २ सहित सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

डडेल्धुराका २ सहित सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

  • मङ्लबार, भदौ १६, २०७७
डडेल्धुराका २ सहित सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । डडेल्धुराका २ सहित सुदुरपश्चिमका बैतडी, अछाम, बझाङका गरी ५६ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडि जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५३५ स्वाब नमुनामध्ये ५६ मा कोरोना संक्रमण देखिएको हो । अस्पतालबाट सार्वजनिक गरिएको सूचनाका अनुसार डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २, अछाम पञ्चदेवल नगरपालिकाका ५ ,बैतडीका पुर्चौडी नगरपालिका १, मेलौली नगरपालिका २ र शिगास गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बझाङ वित्थडचिर गाउँपालिकाका २, बुड्डल नगरपालिकामा १४, छत्तिसपाथीभरा गाउँपालिका २, केदाश्यु गाउँपालिका १६ र थलारा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । स्वाब संकलन गरिएका ५३५ नमूनामध्ये ५६ नमुनाको रिपोर्ट पोजिटिभ र ४७९ नमूना नेगेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार