काठमाडौको सडकमा अहिले एक जना पुरुषको तस्बिर र भिडियो भाइरल भएको छ । दुइ वर्षको बच्चालाई एक्लै छोडेर श्रीमती हिडेपछि छोरा हुर्काउन र उसको भविष्यका लागि बच्चा बोकेर रिक्सा चलाएर हिडेको तस्बिर र भिडियो भाइरल भएको हो । उनी हुन् अर्जुन विक । अर्जुन विकका कैलालीको सुख्खडमा रहेकी उनको श्रीमती अहिले मिडियामा आएकी छन् ।
सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भए पछि उनीसंग जोडिएका अन्यको पनि खोजी थालिएको छ । २ वर्षको छोरा छोडेर श्रीमती हिडेपछि आफुले छोरालाई बोकेर नै रिक्सा चलाउन बाध्य भएको बताएपछि उनको श्रीमती पनि मिडियामा आएकी हुन् । उनले कोठामा कोही नभएका कारण आफुले छोरा बोकेरै रिक्सा चलाएको बताएका छन् । त्यस्तो अभिब्यक्ति उनले दिएपछि श्रीमतीका बारेमा निकै नराम्रा कमेन्ट आएका छन् । अर्जुनको श्रीमती अहिले कैलालीको सुख्खड स्थित माइतीमा छन् ।
उनी लक्ष्मी कुमारी विक हो । उनी १९ वर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी लक्ष्मीले २ वर्षको छोरा काठमाडौंमा बुवासंग छोडेर माइत गएको भन्दै धेरैले नराम्रो कमेन्ट गरेका छन् । उनले आफु कोठामै भएको बेलामा छोरा बोकेर उनले कामगरेको बताएकी छन् । उनलाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छोरालाई संघर्ष गर्दै हुर्काउदै गरेको बताएको भएपनि उनले आफु कोठामै भएको बताएकी छन्।
श्रीमती कोठामै हुँदा पनि आफै छोरा बोकेर जाने अनि आफै श्रीमतीले छोडेर गइ भन्ने गरेको उनको भनाई छ । अर्जुनले आफुलाई श्रीमती होइन यो मेरो साली हो भन्ने गरेका थिए । श्रीमतीका अनुसार श्रीमानले नै छोरा आफुलाई लिन नदिएको बताइन् । आफु कोठामै हुँदाहुँदै श्रीमानले श्रीमती छोडेर गइ भनेर भनेको बताएकी छन् ।
उनले त्यही दिन काठमाडौंवाट सुख्खड गएको बताएकी छन् । आफुले गाडीमा भएको बेलामा त्यस्तो भिडियो देखेको बताएकी छन् । अर्जुनले २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । तर यततिबेला लक्ष्मि लाई सासु ससुराले रङ्गेहात भेटेका छौ हामिलाई त्यस्तो बुहारी चाहिदैन भनिरहेका छन् ।
https://www.youtube.com/watch?v=wOPCBT9bh1w