बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा स्थानीय संक्रमितको संख्या ४५, कुन क्षेत्रका कति ?

धनगढीमा स्थानीय संक्रमितको संख्या ४५, कुन क्षेत्रका कति ?

  • बिहिबार, भदौ ११, २०७७
धनगढीमा स्थानीय संक्रमितको संख्या ४५, कुन क्षेत्रका कति ?

धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ। उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २१ प्रतिशत संक्रमित स्थानीय रहेका छन्।

बुधवार ५ जना स्थानीय संक्रमित थपिएसंगै धनगढीमा स्थानीय संक्रमितको संख्या ४५ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बुधवार कोरोना पुष्टि भएका १५ मध्ये १० जनाको मात्रै अहिलेसम्म पहिचान खुलेको छ।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्वर १ का चार जना, वडा नम्वर ५ का एक जना, वडा नम्वर ७ का दुई जना र वडा नम्वर १२ का तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

अन्य ५ जनाको खोजी भईरहेको उनले बताए। वडा नम्वर १ का चार जना सबै स्थानीय संक्रमित हुन्। दुई जना यसअघि नै संक्रण पुष्टि भएकी शिक्षिकाका छोराछोरी हुन् भने दुई जना सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्।

वडा नम्वर ५ का संक्रमितको पनि बाह्य ट्राभल हिस्ट्री छैन्। उनी अन्य संक्रमितको सम्पर्कमा आएका थिए। वडा नम्वर ७ का दुई जना र वडा नम्वर १२ का तीन जना संक्रमित भने भारतबाट आएका हुन्।

डडेल्धुराको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएका एक जना भने वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका हुन्। उनी धनगढीकै सानिमा बैंकमा कार्यरत कर्मचारी हुन्।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले हाल सम्म धनगढीका दुई सय १८ जनामा संक्रमण पुष्टि भएको बताउँदै ४५ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए।

अहिले सम्म ट्राभल हिस्ट्री नभएका १२ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र चार जना व्यापारीमा संक्रमण पुष्टि भएको छ।

यस्तै दुई जना चालक, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, एक जना एमआर र एक जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै चार जना व्यापारीका परिवारका सदस्य र पाँच जना संक्रमित शिक्षिकाका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ। बाँकी पाँच जना भने सर्वसाधारण हुन्।

उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो।

दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार