शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज ४४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज ४४ जनामा कोरोना पुष्टि

  • बुधबार, भदौ १०, २०७७
सुदूरपश्चिममा आज ४४ जनामा कोरोना पुष्टि

बुधवार सुदूरपश्चिम प्रदेशका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा नौँ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढीका १५, टीकापुरका तीन र एक जना स्थानीय तह नखुलेका महिलालाई संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन, कृष्णपुरका दुई र बेल्डाँडीका एक जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना र आलीताल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको इन्चार्ज भूषालले जानकारी दिए।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ। ९१ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन। अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ६ र सोही गाउँपालिका वडा नम्बर १ का एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ८३ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार पाँच सय ८९ जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार