शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

  • बुधबार, भदौ १०, २०७७
जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

चर्चामा

सम्बन्धित समाचार