शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

  • बुधबार, भदौ १०, २०७७
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार (आज) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।विभागले आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार