बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • यार्सागुम्वा संकलन गर्न नपाउदा सुर्मा बासि आर्थिक संकटमा

यार्सागुम्वा संकलन गर्न नपाउदा सुर्मा बासि आर्थिक संकटमा

  • मङ्लबार, भदौ ९, २०७७
यार्सागुम्वा संकलन गर्न नपाउदा  सुर्मा बासि आर्थिक संकटमा
सदरमुकाम चैनपुरमा दाउरा बिक्रि गर्ने आएका सुर्मा गाउँपालिका २ का महिला तस्बीर : अशोक खडका

अशोक खडका/बझाङ — साउनको झरि पानीले भिजेर भुतmुक भईसके घरमा एक मुठ्ठि अन्न छैन । छोराछोरी आमाले चामल किनेर ल्याउलीन र पेटि भरि भात खाउला भन्ने आसमा बाटो कुरेर बसेका होलान सुर्मा गाउँपालिका २ अन्नाकी कमला बोहाराको भनाई हो यो ।
उनले भने आम्दानीको नाउँमा कतै बाट एक रुपैया छैन । खेतवारीमा उब्जेको अन्नले दुई महिना खान पुग्दैन । ७ जनको परिवार छ ।बर्खाको झरि र हिउँदको चिसो नभनेर दाउराको भारी बोक्दै सदरमुकाम चैनपुर पुगेर परिवारको गुजरा चालउनु पर्छ भन्ने सोचेको पनि थिएन । अहिले परिवारमा यस्तो बिपति आई लाग्यो ।तिन महिनाको कमाईले बर्ष भरि रमाईलो संग परिवारको गुजरा चल्ने भए पनि यो बर्ष सरकारले जरा टिप्न (यार्सागुम्वा संकलनमा )प्रतिबन्ध लगाए पछि परिवारमा आर्थिक संकट हुदा यो दशा आएको हो ।
गाउँमा वलीपल्ली गरु भने सबैको मेरौ जस्तै दशा छ । चैत्रको अन्तिम सात लेकमा गएर असार महिनामा १ लाख देखि १२ लाख बरावका यार्सागुम्वा परिवारको संख्या हेरेर यार्सागुम्वा संक्लन गर्ने गरेको एै.एै.कि आलिकुली बोहराले बताए ।
उनले भने श्रीमानले दिन भर लेक बाट दाउरा खोज्दै घरमा साँझ ल्याउन्छन । हामीले एका बिहानै दाउराको भारि बोकेर तिन घण्टा टाढाको सदरमुकाम चैनपुरमा पु¥याउने गरेका छु । बजारमा पनि दाउराको भाव(मुल्य) पाईदैन । बाध्यता छ एक भारि दाउराको दुई सय ५० देखि ३ सय सम्म दिन्छन । त्यो पनि दैइलो दैईलो चाहादै जान्छु । लेकमा सुका रुख पाईदैनन् आलो काटन समितिले नदिए झन संकट हुन्छ । लोग्ने मान्छेलाई कमाई गर्ने भारत पठाउ भने नाका बन्दि भएकाले जान पाईदैन ।
नजिकै (यहि १९ गते)सुर्मा देबिको मेला साउने पुर्णिमा पनि आउन थाली सक्यो घरमा नत पाउनालाई खुबाउन खाद्यन छ नत्र आफु संग मन्दिरमा पुजा गर्न पैसा नै छ । केहि सिप नलागे पछि सदरमुकाम चैनपुरमा रोजगारी पाईन्छकी भनेर आए काम नपाए घर घाटको भएको सुर्मा गाउँपालिका ३ का ५३ भानु बोहराले बताए ।
उनले भने दुई बर्ष यस्तै हुने हो भने धेरै परिवारले गाउँ डोर बिस्ताबित हुनु पर्ने अबस्था आईलाग्छ । यसरी दुःख पाउनु भन्दा त र्मनु बेस ।

कमला , आलीकुली र भानु यी तिन जना नमुनाका पात्र मात्र हुन । सुर्मा गाउँपालिकाबासिले यार्सागुम्वा संकलन गर्ने नपाउदा अहिले निकै आर्थि संकट ब्यहोर्न बाध्य भएका छन । लेकमा पाईने यर्सागुम्वा टिपेर बर्ष भरिकोलागी चाहिने खाद्यन, लुगा कपडा र छोराछोरीको लागी पढाईमा र्खच गर्ने सुर्मा बासि नेपाल सरकारले ०७६ चैत्र दोस्रो साता देखि देश पुर्ण रुपमा बन्दाबदी गरि आवतजावतमा समेत रोक लगाए पछि लेकमा गएर यार्सागुम्वा संकलन गर्ने नपाउदा आर्थिक मारमा परेका छन ।
सदरमुकाम संगै जोडिएको गाउँपालिका भए पनि खाद्यन निकै कम उब्जनी हुने र रोजगार ब्यापार र अन्य ब्यबसायमा पनि यस भेगमा मान्छे निकै कम रहेका छन ।
प्रकृतिको उपहार यार्सागुम्वा,चिराईतो,पाँचऔले,बनबुटि लगाएतका धेरै बहुमुल्य जडिबुढि र सुर्मा देबी मन्द्रिर ताल झर्ना र हिमाल रहेको सुर्मा गाउँपालिका हो ।
गत बिगतका बर्षहरुमा यो र्सिजन भनेको गाउँलेहरुले लेक बाट टिपेर ल्याएको यार्सागुम्वा खरिद गर्ने र आगामी बर्षको पेशकी समेत दिन ठेक्दार गाउँमा आउने प्रत्यक घरमा पैसा हुने लेकाम यार्सागुम्वा संकलन गर्दा भएको दुःख कष्ट भुल्न खसि बोका काटने नाचगान गर्ने बर्ष भरिकोलागी घरमा खाद्यन जम्मा गर्ने भए पनि देशमा लकडाउन भए संगै यार्सागुम्वा संकलन क्षेत्रमा कोरोना भाईरस रोग फैलन नदिन गाउँपालिकाले बन्द गरे पछि गाउँमा यस्तो आर्थिक संकट भएको गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताए ।
उनले भने गाउँपालिकाको जनसंख्या १२ हजार भन्दा बढि पुगेको छ । जडिबुडि बाट मात्रै गाउँपालिकाले ७ लाख राजश्व उठाउने गरेको थियो । गाउँमा बासिको जडिबुढि बाट मात्र ४ करोड भन्दा बढि कमाई गर्ने गरेका हुन्थे यो बर्ष जडिबढि संकलन गर्ने नपाएर लेकमै सड्यो । दारउरा बेचेर गुजरा गरेका छन भोली बन सखाफ हुन्छकी भन्ने चिन्ता लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार