मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • स्याउ ढुवानी अनुदानका लागि कृषि ज्ञान केन्द्र बाजुराकाे आह्वन (सुचना सहित)

स्याउ ढुवानी अनुदानका लागि कृषि ज्ञान केन्द्र बाजुराकाे आह्वन (सुचना सहित)

  • मङ्लबार, भदौ ९, २०७७
स्याउ ढुवानी अनुदानका लागि कृषि ज्ञान केन्द्र बाजुराकाे आह्वन (सुचना सहित)
फाइल तस्बीर

बाजुरा — बाजुरा जिल्लामा स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले सार्बजनीक सुचना प्रकाशन गरेको छ ।  कृषि ज्ञान केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सो सुचना प्रकाशन गरिएको हो ।
बाजुरा जिल्लाको जुकोट पाण्डुसैन लगायतका क्षेत्रमा फलेको स्याउ टिप्ने समय नजिकै आएकोले सो को ढुवानी अनुदानका लागि सुचना प्रकाशन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताएका छन ।
बुढिनन्दा नगरपालिकाको लागि सुचना प्रकाशन भईसकेको र स्वामी कार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका लागि अर्को सुचना प्रकाशन गर्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले जानकारी दिएका छन ।

कृषि ज्ञान केन्द्र बाजुराकाे सार्बजनिक  सुचना जस्ताको तस्तै तल हेर्नुहोस

बिषयः स्याउ ढुवानी काअनुदानका लागी सूचना प्रकान गरिएको वारे ।

उपर्युक्त सम्वन्धमा यस कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्याउ ढुवानी तथा वजारीकरण सहयोग कार्यक्रम अन्तरगत स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराईने भएकोले तपशिल अनुसारको शर्तहरु लागु हुने गरी स्याउ ढुवानी गर्न ईच्छुक कृषक तथा ढुवानी कर्ताका लागी यो सुचना प्रकासन गरिएको छ ।

तपशिलः

  • वुढीनन्दा नगरपालीका देखि मार्तडी सम्मको स्याउ ढुवानी गरे वापतको ढुवानी अनुदान रकम भरियावाट ढुवानी गर्दा प्रति के जि रु २५.२का दरले, खच्चरवाट ढुवानी गर्दा प्रति के जि १८.6का दरले र ट्रयाक्टरवाट ढुवानी गर्दा प्रति के जि रु १३.५का दरले हुन आउने रकम स्वयम ढुवानी कर्तालाई भुक्तानी गरिनेछ ।
  • ढुवानी गरिने स्याउ अनिवार्यरुपमा A, B,  C  गरी तिनवटा ग्रेडिङमा अनिवार्यरपमा ग्रेडिङ गरेको हुनुपर्नेछ ।
  • ढुवानी गरेको स्याउ स्वयम ढुवानीकर्ताले कृषि ज्ञान केन्द्रको समन्वय र सहकार्यमा एकद्धार प्रणालीवाट विक्रि गर्नुपर्ने छ ।
  • ढुवानी गरेको स्याउ कृषि ज्ञान केन्द्र वाजुरामा तौल गरी सकेपछि ढुवानी कर्तालाई तौल अनुसार हुन आउने नियमानुसारको ढुवानी अनुदान वापतको रकम स्वयम ढुवानी कर्तालाई नगदै उपलव्ध गराईने छ ।
  • ढुवानी गरेको स्याउ विक्रिको सम्पुर्ण जिम्मेवारी स्वयम ढुवानी कर्ताको हुनेछ ।

पुनश्चः स्वामिकार्तिक र जगन्नाथ गाउँपालीकाको स्याउ ढुवानिका लागि अर्को सुचना प्रकाशित गरिनेछ रदर रेट असोज महिनाको पहिलो हप्ता सम्मका लागि मात्र लागु हुनेछ।

 

चर्चामा

सम्बन्धित समाचार