शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा बाट पहिलो पटक स्याउ काठमाडौ र धनगढी लगिदै

बाजुरा बाट पहिलो पटक स्याउ काठमाडौ र धनगढी लगिदै

  • आइतवार, अशोज ५, २०७६
बाजुरा बाट पहिलो पटक स्याउ काठमाडौ र धनगढी लगिदै

बाजुरा जिल्ला बाट पहिलो पटक बाजुरामा फलेको स्याउ काठमाडौ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र वाजुराले ढुवानी अनुदान दिएपछि पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुरा निमित्त प्रमुख गोबिन्द्र सिजापतिले वताएका छन् ।
किसानहरुका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६ सय कुन्टल ढुवानी अनुदान मार्फत बजार सम्म पग्न शुरु गरेको हो । बारि बाट बजार सम्म ढुवानी गराईदिने, बिक्रि ढुवानी गर्ने सहकारी संस्थाले गर्ने गरि स्याउ ढुवानी हुन कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ढुवानीको जिम्मा सहकारी संस्थाले लगेको छ ।


पहिलो पटक काठमाडौमा १ सय कुन्टल, ६० कुन्टल धनगढी लगिएको छ । बाकि बाजुराका मार्तडी कोल्टि लगायतका बजार पुयाईने भएको छ । ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरिद देखि बिक्रि गर्ने रहेको छ । स्वामीकार्तिक खापर गाँउपालिका बाट ए ग्रेडको प्रतिकेजी २५ रुपैया, बि ग्रेडको २० र सि ग्रेडको १५ रुपैया प्रतिकेजी खरिद गरेको छ । बुढिन्नदा नगरपालिका पाण्डुसेन बाट ए ग्रेडको प्रतिकेजी ५५ रुपैया, बि ग्रेडको ५० र सि ग्रेडको ४५ रुपैया खरिद गरेर ढुवानी भएको छ । पाण्डुसेन सदरमुका मार्तडी बाट करिब ३१ किलोमिटरको दुरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाँउपालिकाको स्याउ उत्पादन हुने ठाँउ पुग्न मात्र अढाई दिन लाग्ने गरेको छ । सदरमुकाम मार्तडीमा भने प्रतिकेजी १ सय ५० भन्दा बढि रहेको छ ।
स्याउ टन्न फलेको छ, बजार टाढा छ । बारिमा कुहिने अबस्था थियो, तर थोरै भएपनि सरकारले ढुवानी अनुदान दिएपछि पहिलो पटक बाजुराको स्याउ जिल्ला बाहिर जादा निकै खुशी भएको स्थानिय शिक्षक गोबिन्द्र बहादुर शाहिले वताएका छन् । स्वामिकार्तिक खापर गाँउपालिकाको जुकोटमा मात्र २ सय भन्दा बढि परिवारले स्याउ लगाएका छन्, तर बजार नपाँउदा खेर जान गरेका छन् । गाँउपालिकाले पनि एक बर्षमा फल्ने स्याउ लगाएको तर बजार पाँउन मुश्किल भएको गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । बजार सम्म स्याउ पुयाउनका लागि पहल भइरहेको शाहिले वताएका छन् ।


जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा बृद्धि भएको छ । स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, कोल्टि, जुकोट, जगग्ननाथ, कोटिला, जगन्नाथ लगायतका ठाँउमा राम्रो सँग फलेका छन् । जसरी स्याउ फलेपनि त्यसरी बजार भने पाउन नसकेको किसानहरुले दुखेसो पोखेका छन् । स्याउकै हागाँ भाच्चिने गरी फल लागेको जुकोटका उत्तम शाहिले बताएका छन् । थोरै ढुवानी स्याउ भएपनि किसानहरुलाई निकै राहत भएको शाहिले वताए ।
कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको वताएको छ । बाजुरामा मात्र १ हजार ५० मेट्रिन उत्पादन हुने कृषि प्रसार अधिकृत मिन प्रसाद जैशिले वताए । यो बर्ष जिल्लामा स्याउ उत्पादनमा बृद्धि भएको कार्यलयले जनाएको छ । यो क्षेत्र खाद्यन्न संकट हुने अन्र्तगत पर्दछ । बर्षभरी काम गरेर खेत बाट तिन महिना पनि खान पुग्दैन बाँकी समय भने खाद्यन्नको भर पर्नु पर्ने बाध्यता रहेको छ । गाँउ सम्म सडकको पहुँच नभएकाले बजार पाउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार