शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • ओली-प्रचण्ड वार्ता सकियो : सचिवालय बैठक शनिबार

ओली-प्रचण्ड वार्ता सकियो : सचिवालय बैठक शनिबार

  • मङ्लबार, भदौ ९, २०७७
ओली-प्रचण्ड वार्ता सकियो : सचिवालय बैठक शनिबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमाले सचिवालय बैठक शनिबार बस्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफलमा भदौ १३ शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

सचिवालय बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । बालुवाटारमा दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो ।

साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । पौडेल संयोजक रहेको कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार