बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • छोरीको ‘दिसा खुवाएर गरियो बाबुकाे उपचार

छोरीको ‘दिसा खुवाएर गरियो बाबुकाे उपचार

  • मङ्लबार, भदौ ९, २०७७
छोरीको ‘दिसा खुवाएर  गरियो बाबुकाे उपचार

अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ४७ वर्षका ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ ।

त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा ढुसी अर्थात् फन्जाइ हुन्छन् । जसले खानेकुरामा भएको कार्बोहाइड्रेडबाट इथानोल अर्थात् अल्कोहल उत्पादन गर्दछन् ।

ती व्यक्ति पनि आफ्नो त्यस्तो समस्याको उपचारका लागि अस्पताल पुगे । डाक्टरहरुले उनलाई कम कार्बोहाइड्रेड भएका खानेकुरा तथा एन्टिफंगल औषधि खुवाएर उपचार सुरु गरे । तर उनको समस्या कम भएन । उनको पेटमा आफै अल्कोहल उत्पादन हुने समस्या यतिधेरै बढ्यो कि उनले अल्कोहल पिएर गाडी चलाएको आरोपमा ट्राफिकको कारबाहीमा परेर लाइसेन्स नै खारेज भएको थियो ।

अघिल्लो उपचारले समस्या समाधान नभएपछि डाक्टरहरुले अर्को उपाय अपनाए । उक्त उपाय भनेको दिसामा भएका सुक्ष्म जीवको प्रत्यारोपण गर्ने जसलाई सामान्य भाषामा दिसा प्रत्यारोपण अर्थात् पुप ट्रान्सप्लान्ट पनि भनिन्छ ।  यसमा दिसामा भएका ब्याक्टेरियाहरु रोगीको सानो आन्द्रामा पठाइन्छ ।

ती व्यक्तिको आन्द्रामा पनि उनकै २२ वर्षीया छोरीको दिसा प्रत्यारोपण गरियो । छोरीको दिसामा रहेका किटाणु प्रत्यारोपण गरेसँगै ती व्यक्तिको समस्या समाधान भयो । अर्थात् पेटमा आफैं अल्कोहल उत्पादन हुने समस्या निको भयो ।

दिसाका ब्याक्टेरिया प्रत्यारोपण गरी गट फर्मेन्टेसन सिन्ड्रोमको उपचार गरिएको यो पहिलो घटना भएको डाक्टरहरुले बताएका छन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार