शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सिरहामा एकैखाले लक्षण देखापरेका ४ जनाको मृत्यु

सिरहामा एकैखाले लक्षण देखापरेका ४ जनाको मृत्यु

  • सोमवार, भदौ ८, २०७७
सिरहामा एकैखाले लक्षण देखापरेका ४ जनाको मृत्यु

ई दिनको बीचमा सिरहामा एकैखाले लक्षण देखापरेका चार जनाको मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका बिरामीको मृत्यु भएकाे हो । मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया रहेका छन् ।
एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको स्थानीय रामदेव यादवले बताए । मृतकहरुले गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानाएको छ । यसबारे बारेमा थप अनुसन्धान भइरहेको सखुवानन्कारकट्टी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिनारायण चौधरीले बताए। चौधरीका अनुसार गाउँमै स्थानीय शिवा यादव र श्री राम साहको पसलबाट उनीहरुले लोकल मदिरा खरिद गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार