शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार सार्कीलाई परेकाे पत्नी शोकप्रति पत्रकार महांसघद्धारा दुख ब्यक्त

पत्रकार सार्कीलाई परेकाे पत्नी शोकप्रति पत्रकार महांसघद्धारा दुख ब्यक्त

  • सोमवार, भदौ ८, २०७७
पत्रकार सार्कीलाई परेकाे पत्नी शोकप्रति पत्रकार महांसघद्धारा दुख ब्यक्त

बाजुरा — नेपाल पत्रकार महासंघ बाजुराका सह सचिव तथा गाेरख पत्र राष्ट्रिय दैनीकका समाचारदाता शेर बहादुर शार्कीलाइ परेकाे पत्नी शाेक प्रती नेपाल पत्रकार महासघं बाजुरा शाखाले दुख ब्यक्त गरेकाे छ ।  नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सह सचिव तथा गोरखापत्र दैनिकका बाजुरा समाचारदाता शेर बहादुर सार्कीलाई पत्नी शोक परेको छ ।
लामो समयदेखि विरामी रहेकी सार्कीकी धर्मपत्नी पुनी सार्कीको ४३ वर्षको उमेरमा उपचारका क्रममा नेपालगञ्ज मेडिकल कजेजमा मृत्यु भएको हो । यस घडीमा शाेकाकूल परिवारजनमा धैर्यधारण गर्ने सक्ती मिलाेश पत्रकार महासघ बाजुरा शाखाका सचिव प्रेम बिकले बिज्ञप्तिमा उल्लेख गरेका छन ।
नेपालगञ्ज उपचार गराउदा गराउँदै सोमबार विहान पत्रकार शार्कीकी धर्म पत्नीकाे  मृत्यु भएको उनका अाफन्तले बताएका छन । सार्कीलाई परेको शोकको सामाजिक संजालमा उनी आवद्ध संघ संगठन,शुभचिन्तकहरुले समवेदना प्रकट गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार