शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

  • सोमवार, भदौ ८, २०७७
धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ । धरानमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसैगरी विराटनगरको कोभिड १९ अस्पतालमा अर्का एक पुरुषको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषका गएराति मृत्यु भएको बताइएको छ । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

चर्चामा

सम्बन्धित समाचार