शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण

नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण

  • शुक्रबार, भदौ ५, २०७७
नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण

नेपाल प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या ११ सय ४१ पुगेको छ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको संख्या ११ सय नाघेको हो । नेपाल प्रहरीमा हाल ५०६ सक्रिय संक्रमित छन् भने सशस्त्र प्रहरीमा १८८ सक्रिय संक्रमित छन् ।

प्रहरीका २९४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १५३ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयकै १७२, काठमाडौं उपत्यकाका ६५, प्रदेश १ का २८, प्रदेश २ का ६५, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका ४२, प्रदेश ५ का ६५, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका १० जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ सक्रिय संक्रमितमा प्रदेश १ का ३१, प्रदेश २ का ४९, वाग्मती प्रदेशका ५२, प्रदेश ५ का ४१ र कर्णाली प्रदेशका र उपत्यकामा १२ जना छन् ।

चर्चामा

सम्बन्धित समाचार