शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • हेटौंडा उपमहानगरपालिका र रेडियो बुलेटिनको भर्जुअल तीज बिशेष कार्यक्रम सम्पन्न

हेटौंडा उपमहानगरपालिका र रेडियो बुलेटिनको भर्जुअल तीज बिशेष कार्यक्रम सम्पन्न

  • शुक्रबार, भदौ ५, २०७७
हेटौंडा उपमहानगरपालिका र रेडियो बुलेटिनको भर्जुअल तीज बिशेष कार्यक्रम सम्पन्न

मकवानपुरको हेटौंडा उपमहानरपालिकाले यस वर्षको तीज विशेष कार्यक्रम भर्जुअल मार्फत रेडियो बुलेटिनसग मिलेर सम्पन्न गरेको छ। कार्यक्रममा हेटौडा अस्पतालका मेसु डा प्रविण श्रेष्ठले कोभिड १९का बारेमा बिस्तृत जानकारी दिनुभएको थियो भने हेटौडा अस्पतालका डा सन्ध्या अधिकारीले यो बिषम् परिस्थीतिमा खाने आहारका बिषयमा जानकारी दिनु भएको थियो । यसको साथै हेटौडा अस्पतालका राजिव झाले मकवानपुरमा हालसम्मको कोभिड १९ को संक्रमितहरुको बिवरण जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बागमति प्रदेश सभासदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ तथा शोभा शाक्य , समाबेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझा, जिल्ला समन्वय समिति उपप्रमुख भगवति पुडासैनी, काङ्ग्रेस नेतृ इन्दिरा न्यौपाने लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश सभासदस्य मुनु सिग्देलले कोरोनाको कहरमा पनि आइसेलेसनलाई ब्यबस्थित बनाउन नसकेको स्वीकार्दै सबै मिलेर सुधार्नु पर्ने बताउनु भयो ।
यस्तै अर्का प्रदेश सभासदस्य जुनेली श्रेष्ठले सरकारले काम गरिरहेको तर समन्वयको थोरै अभाव देखिएको दावि गर्नु भयो ।
बागमति प्रदेशका माननीय शोभा शाक्यले सबै मिलेर मात्रै यो समस्याको हल गर्न सकिने बताउदै सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आग्रह गर्नु भयो ।
यसैगरी राष्ट्रिय समाबेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझाले कोरोना कहरमा पनि यस्तो कार्यक्रम हुनु आफैमा राम्रो भएको बताउदै यस्ता गतिबिधीले समाजलाई नया हिसाबले सोच्न बाध्य पारेको उहाको भनाई छ ।
कार्यक्रमको सभाध्यक्षता गर्दै हेटौडा उपमहानरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले दिनदिनै कोरोना संक्रमितहरुको संख्या बढीरहेको यो अबस्थामा सबैले सहयोग गरे मात्रै आइसोलेसन तथा क्वारेन्टाइनहरुको ब्यबस्थापन हुने बताउनु भयो । साथै उहाले स्थानिय सरकार तथा प्रदेश सरकार सबैको सहयोगमा काम भइरहेको र सबै मिलेर नै यो कोरोना भाइरस बिरुद्धको लडाईमा जित हासिल हुने बताउनु भयो ।
हेटौडामा ५ मा अबस्थीत रेडियो बुलेटिनले हरेक समय समाजसग जोडिएर कार्यक्रम गर्दै जाने अभियान अन्तरगत यो कार्यक्रम पनि हेटौडा उपमहानगरपालिकासग मिलेर गरिएको रेडियोका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताउनु भयो ।कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार