शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ४९ हजारको कोरोना परीक्षण, ११ प्रतिशतमा संक्रमण

सुदूरपश्चिमका ४९ हजारको कोरोना परीक्षण, ११ प्रतिशतमा संक्रमण

  • शुक्रबार, भदौ ५, २०७७
सुदूरपश्चिमका ४९ हजारको कोरोना परीक्षण, ११ प्रतिशतमा संक्रमण

सुदूरपश्चिम प्रदेशमा झण्डै ४९ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४९ हजार एक सय दुई जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत २५ हजार तीन सय ४९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय ३२, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत सात हजार एक सय १० र डोटी प्रयोगशाला मार्फत एक सय ४७ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ५२ हजार सात सय ५९ जनाको स्वाब संकलन गरिएकोमा तीन हजार ६ सय ५७ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका मध्ये झण्डै साढे ११ प्रतिशत अर्थात ५ हजार दुई सय ४५ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा नौँ सय १९, अछाममा सात सय ७०, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ६ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १५, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय ४३ जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार