बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • सहायक सिडिओ भण्डारी नागरिकतामा मात्र सहि गर्दैनन्, चेतनामूलक सन्देश पनि दिन्छन्

सहायक सिडिओ भण्डारी नागरिकतामा मात्र सहि गर्दैनन्, चेतनामूलक सन्देश पनि दिन्छन्

  • शुक्रबार, भदौ ५, २०७७
सहायक सिडिओ भण्डारी नागरिकतामा मात्र सहि गर्दैनन्, चेतनामूलक सन्देश पनि दिन्छन्
सेवा ग्राहीलाइ चेतनामूलक सन्देश दिदै सहायक प्रजिअ भण्डारी तस्वीर : प्रकाश सिहं

बाजुरा — सरकारी कर्मचारी अझ जिल्ला प्रशासन कार्यलयमा काम गर्ने कर्मचारी भन्ने बित्तिकै फरक नै रौनकता हुन्छ । अझ भन्नु पर्दा त सेवाग्राहीले केही जिज्ञाशा राखेपनि राम्रो सँग नबोल्न, नसुने जस्तो गर्ने, सेवाग्राहीलाई सहजिकरण नगर्ने गरेका पाईन्छन् । तर जिल्ला प्रशासन कार्यलय बाजुराका साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी नागरिकतामा सहि तथा सेवाग्राहीको काम मात्र गर्दैनन्, उनि थोरै समय भएपनि चेतनामूलक सन्देश दिने गरेका छन् ।
बिहिवार त्रिवेणी नगरपालिका ४ का गोपाल साउद नागरिकता बनाउन जिल्ला प्रशासन कार्यलय बाजुरामा पुगे । सनाखतमा बुवालाई ल्याएर आएका गोपाल साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी कहाँ नागरिकतामा सहि गराउन पुगे । भण्डारीले गोपाललाई पाँच मिनेट जति सोधपुछ र जानकारी मुलक सन्देश दिए ।
गोपाल २० बर्षको पुगे । उनले अढाइ बर्ष पहिला बिहे गरेको वताए । छोरी समेत भएका गोपालले विवाह दर्ता समेत नगरेको भण्डारीले सोध्दा उनले वताए । भण्डारीले उनलाई अहिले सम्म पनि किन विवाह दर्ता नगरेको चाडो विवाह दर्ता गर्नुपर्छ वताए । विवाह दर्ता गरेर श्रीमतिको नागरिकता चाडो बनाउन सुझाब दिए । विवाह गरेर पढाइ छोडेका गोपाललाइ भने अब केही ब्यवसाहि गर्नुुुपर्छ समेत सुझाब दिए । बाजुरामा चाडो बिवाह गर्ने धेरै बच्चा जन्माउने रहेको छ, तिमिले दुई सन्तान भन्दा बढि जन्माउनु हुन्न्, अर्को घरमा श्रीमतिलाई काममा सघाउन र समाज परिवर्तनमा समेत भुमिका खेल्नुपर्ने भण्डारीले गोपाललाई सल्लाह दिए । जाँड रक्सि खाने तास खेल्न काम भए आजकै दिन बाट छोड्न सुझाब दिए ।
सनाखतमा आएका गोपालका बुवालाई भण्डारीले छोरा छोरी कति रहेको सोधे । अहिले नागरिकता बनाउने जेठो छोरा हो, दुईवटा छोरा अरु रहेको उनले वताए । गोपालका बुवालाई भण्डारीले भने अरु छोरालाई पढाउने २० बर्ष नपुग्दै बिवाह गर्न नदिने, २० बर्ष पहिले बिवाह गरेमा कानुनी कार्यवाहि हुने सन्देश दिएर उनलाई फिर्ता गराए ।
साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी जिल्ला प्रशासन कार्यलय बाजुरामा आएको ९ महिना भएको छ । भण्डारी भन्छन्, ९ महिनामा १ हजार भन्दा बढिलाई सेवाग्राहिलाइ सन्देश दिएको वताए । कोही न कोही त मनन गर्न सक्छन्, हाम्रो सुझाबले मान्छे परिवर्तन नै हुन्छ भने हामीले किन थोरै समय नखर्चने त भण्डारीले थपे ।
भण्डारीले शाखा अधिकृतमा जाखिर गरेको ५ बर्ष पुग्न लागेको छ । भण्डारीलाई चिन्नेले भन्छन्, शालिन र भद्र अधिकृत रहेको वताँउछन् । धेरै अधिकृत तथा कार्यलय प्रमुख बाजुरामा राजनिति वा कुनै न कुनै तवरले विवादित हुन्छन् । भण्डारी भने अहिले सम्म कुनै बिवादमा मुछिएका छैनन्, जनताको सेवा खटिरहेन एक प्रशासक रहेको नागरिक अगुवा शेर बहादुर शाहिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार