बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • उद्योग बाणिज्य सघं बाजुराद्धारा बाढि पिडितहरुलाई राहत बितरण

उद्योग बाणिज्य सघं बाजुराद्धारा बाढि पिडितहरुलाई राहत बितरण

  • बुधबार, भदौ ३, २०७७
उद्योग बाणिज्य सघं बाजुराद्धारा बाढि पिडितहरुलाई राहत बितरण

बाजुरा — बाजुरा उद्योग बाणिज्य संघ बाजुराले बाजुरा जिल्लाका बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गरेको छ । एक महिना अगाडी देखी आएको बाढि र पहिरोमा परी समस्यामा परेका हरुलाई राहत साम्रगी बितरण गरेको हो ।
साथै साउन २५ गते राती आएको बाढि र पहिरोमा परि समस्यामा परेका हरुलाई बाजुरा उद्योग बाणिज्य संघ र बजार ब्यबस्थापन समितिको सयुक्त प्रयासमा बजारमा चन्दा संकलन गरि राहत साम्रगी बितरण गरीएको उद्योग बाणिज्य संघका कार्यालय प्रमुख टेक बहादुर धामीले बताएका छन ।
सो चन्दा संकलनमा संलग्न सम्पुणर्लाई उद्योग बाणिज्य संघ बाजुराले धन्यबाद दिनुका साथै सो बाट संकलति रकम कुृन ठाउँमा कति दिएको छ भन्ने कुराको समेत सार्बजनिक गरेको छ । संकलित रकममा बडिमालिका नगरपालिका वडा न २ भौनेरामा नगर ५ हजार जिन्सी ४ हजार वडासदस्य मार्फत हस्तान्तरण गरिएको उद्योग बाणिज्य सघं बाजुराले जनाएको छ । त्यसै गरि बडिमालिका २ घागरमा नगद तथा खाद्यन्न १० हजार जिन्सी २ हजार ३ सय नगर उप्रमुख लगायत जनप्रतिनीधीको रोहबरमा बितरण गरिएको जनाएको छ ।


बडिमालिका नगरपालिका ६ जडाङ्गामा नगद तथा जिन्सी ५ हजार, बडिमालिका नगरपालिका वडा न ४ ओलेनामा ७ हजार ५ सय स्थानीय जनप्रतिनिधीको रोहबरमा बितरण गरिएको छ ।
त्यस्तै गौमुल गाउँपालिका वडा न २ अजेटोट्की २२ हजार ४ सय र गौमुल गाउँपालिकाकै वडा न २ सिममा २३ हजार नगद र खाध्यान्न बितरण गरेको छ भने सिममा २६ हजार नगद राहत समेत बितरण गरिएको उद्योग बाणिज्य सघंले जनाएको छ । बुढिनन्दा नगरपालिका ५ काप्कोटका बाढि पिडीतहरुका लागि १० हजार नगर र खध्न्न साम्रगी सहयोग गरेको उद्योग बाणिज्य सघं बाजुराका अध्यक्ष देब बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिभिन्न ठाउँमा संकलीत ८९ हजार ९ सयको खाद्यन्न र नगद बितरण गरिएको र ५३ हजार बराबरको जिन्सी समान सहयोग गरिएको सो पत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार