शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • नेपालमा थप १०१६ कोरोना संक्रमित थपिए, हालसम्मकै सबैभन्दा धेरै

नेपालमा थप १०१६ कोरोना संक्रमित थपिए, हालसम्मकै सबैभन्दा धेरै

  • मङ्लबार, भदौ २, २०७७
नेपालमा थप १०१६ कोरोना संक्रमित थपिए, हालसम्मकै सबैभन्दा धेरै

पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ५८० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

देशभर हाल सम्म १ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जना भेन्टिलेटरमा र ११८  जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छन्।  बागमती प्रदेशमा ५२ जना आइसियुमा र  ८ जना भेन्टिलेटरमा छन्।  त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १०, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा ४ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर १० हजार ५६३ जना सक्रिय संक्रमित रहेका छन्। यी संक्रमितमध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार