बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • जब बुढिगंगाको उर्लाभेलमा २ घण्टा दुईभाई नदिकाे बिचमा थुनिदा…… (भिडीयाे सहित)

जब बुढिगंगाको उर्लाभेलमा २ घण्टा दुईभाई नदिकाे बिचमा थुनिदा…… (भिडीयाे सहित)

  • शनिबार, साउन ३१, २०७७
जब बुढिगंगाको उर्लाभेलमा २ घण्टा दुईभाई नदिकाे बिचमा थुनिदा…… (भिडीयाे सहित)

बाजुरा —  दुई भाइ मात्र घरमा थियौ । मस्त निद्रामा थिए । मलाई पारि वाट गाउँका धेरैले फोन गरेछन थाहा पाएन् । धेरै पछि थाहा पाउँदा त रातको तीन बजिसकेको थियोे, बडिमालिका २ घागरका नरेन्द्र नाथले आफ्नो पिडा यसरी सुनाए ।
नरेन्द्रको निद्रा खुल्दा त बुढिगंगा नदि घरको चारै तिर बाढि आइरहेको थियो । घर भित्र पानि पसिसकेको थियो । के गरम के गरम भइरहेको थियो । त्यो संकटमा यस्तो गरम भन्दा पनि मनमा जे आयो त्यहि गरीदो रहेछ ।
नरेन्द्र भन्छन्, “बाढि घर भित्र पसेर आफु सुत्ने कोठामा पुगेको थियोे । भाइ अर्को घरमा थियो, आफु सुतेको ठाउँ बाट रसि फालेर तानेर निकाले । नदिमा बाढि बढिरहेको थियो । हामी बसेको घर समेत बग्ने अबस्था भए पछि घरमा डोरि बाधेर डोरीको साहारामा नजिकै रहेको पिपलको रूख चढे ।
भाइ घरमा थियो, घरमा बानेको रसि भाइले खोलेर पिपलको रूखमा डोरि बाधेर भाइलाई पनि पिपलको रुखमा ताने । हामी रूखमा चढेको २ मिनेटमा घर बगायो । हामी दुईभाइ पनि रुखमा जिवनको अन्तिम संघर्ष गरिरहेका थियौ ।
२ घण्टामा पटक पटक सोच्थे, यो हाम्रो अन्तिम दिन हो । आजको दिन हाम्रा लागि अन्तिम हो सोचिरहेको थिए ! दुईभाइ रोइरहेका थियौ र भगवान पुकार गरिरहेका थियौ । ठुलो बिपत्ति बाट बाच्योै, यो हाम्रो नाफाको जीवन हो ।
पछि नदि अर्को ठाउँ बाट बग्न शुरू भयो, आफुहरू निस्कने तिर नदि कम बगिरहेको थियोे । बिहान पनि भयो गाउँलेको सहयोग हामी दुबै भाइ उद्वार भयौ, तर त्यो पिपल पनि पछि बगिसकेको उनले वताए । सबै सम्पत्ति बग्यो, हामी बच्न त सफल भयौ ……….हाम्रो दोस्रो जुनि हो, नरेन्द्रले भने । नरेन्द्र नाथ १६ बर्षको भ एभने उनका भाइ १३ बर्षका भए ।
नरेन्द्रका बुवा करबिर नाथ र आमा भने गाँइ गोरु भएको ठाँउमा छानामा बस्ने गरेका थिए । करबिर भन्छन्, सम्पत्ति सबै गुमायौ, तर छोरा बाचे अहिले बस्ने घर छ, न लत्ताकपडा छ पालको साहारा बसिरहेको वताँउछन् । बुढिगंगा नदिमा सोमवार बिहाना आएको बाढिले घागरको बस्ति बगाएको थियो । बेलिबिज्र र झोलुङ्गे पुल वगाएको थियो ।

https://www.youtube.com/watch?v=JTEHaXWLLu0&fbclid=IwAR3bi-3Ob5TcWnxen1SaVddSO96CFTD3MyUSjqJ13iCl66tAEu-T5h__Z2o

चर्चामा

सम्बन्धित समाचार