शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • पाँच दिन देखी राहतको पर्खाइमा गौमुलका बाढी पिडित

पाँच दिन देखी राहतको पर्खाइमा गौमुलका बाढी पिडित

  • शुक्रबार, साउन ३०, २०७७
पाँच दिन देखी राहतको पर्खाइमा गौमुलका बाढी पिडित

बाजुरा — बाजुरामा सोमबार रातीको अबिरल बर्षासंगै बाढिबाट प्रभाबितहरु राहतको पख्राईमा रहेका छन । गौमुल गाउँपालिका वडा न १ को सिमका २० परिवार लगायतका धेरै बस्तीका बिस्तापितहरुले राहत पाउएका छैैनन् ।
गौमुल गाँउपालिका १ सिममा बाढीले २० परिवारको घर बगाउदा सबै परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारले पाल समेत पाँउन सकेका छैन्न । बुढिगंगा नदिमा आएको बाढिले सिम गाँउमा रहेका २० परिवारका १ सय १३ जना सोमवार बाट पुणर् रुपमा बिस्थापित भएका छन् । घर बगाएको ५ दिन हुँदा सम्म पनि राहत पनि पाँउन सकेका छैन्न ।
बिस्थापित कोहि जंगलमा बसिरहेका छन्, कोही अरुको घरमा साहारा लिइरहेको छन् केही भने खुला ठाँउमा पाल हालेर बसेको घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराइले वताएका छन्
गृह मन्त्री राम बहादुर थापाको नेतृत्वमा बाजुरा जिल्लाको बाढी पहिरोको स्थलगत निरीक्षणका साथै बाढि बाट प्रभावित जनतालाई राहतको प्याकेज सहित आउने भनिएको ३ बितिसक्दा पनी प्रतिकुल मौसमका कारण हेलिकप्टर उडान रद्व भएको श्रोतले जनाएको छ ।
भौगलिक रूपमा बिकट रहेको गौमुल गाउँपालिका १ सिममा पैदल हिडेर राहत दिन नसकिने अबस्थामा गृह मन्त्री आफै राहत बोकेर आउने कुरा भएको भए पनी आज पनी मौसम प्रतिकुल भएका कारण अाउन नसकेको श्रोतले बताएको छ ।
सदरमुकाम सुर्खेत र काठमाण्डौमा राहत संकलन गरिएको भए पनी त्यहाँ जान कठिनाई भएको कारण पिडीतले राहत पाउन सकिरहेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार