बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहमा खाद्यन्न अभाब

बाजुराको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहमा खाद्यन्न अभाब

  • बिहिबार, साउन २९, २०७७
बाजुराको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहमा खाद्यन्न अभाब

पदमबहादुर सि‌ह/ बाजुरा — बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रमा खाद्यन्न अभाब भएको छ । पुर्बी उत्तरी क्षेत्रका एक नगरपालिका र तीन गाउपालिका गरि चार स्थानिय तहमा खाद्यन्न अभाब भएको स्वामीकार्तिक खापर गाउपालिकाका स्थानिय मानबहादुर रोकायाले जानकारी दिएका छन् ।
हिमाली गाउपालिकामा बिगत दुई महिना देखी खाद्य डिपोमा चावल सकीएको छ भने बुढिनन्दा नगरपालिकामा रहेको कोल्टि डीपोमा चावल सकीएको एक महिना भएको स्थानियले बताएका छन् ।
कवाडी बिक्री डीपो मात्र हो, ठेकेदारले लग्छ सम्बन्धित वडाका वडा जनप्रतिनिधि प्रहरी र स्थानियको रोहोबरमा बिक्री गर्ने गरेकोले स्टक चावल रहदै । गएको आर्थिक बर्षको ठेकेदारले जेठ अन्तिमसम्म आफ्नो ठेक्काको चावल बिक्री गरेर सकेकोले जेठ अन्तिम साताबाट कवाडी अस्थाई बिक्री डिपोमा चावल सकीएको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए ।
चावल डिपोमा मात्र नभएर स्थानिय बजारमा पनि चरम अभाव भएकोले भोकमरी हुने भएको मल्लले बताए । गातारको बर्षाका कारण मार्तडी कोल्टि सडक बन्द भएको छ चावल खच्चडमा ढुवानी गर्न समेत समस्या भएको उनले बताए ।
बर्षातले बाटो बन्द हुने बित्तिकै अलि आर्थिक रुपमा बलियो हुनेहरुले चावल किनेर राखे पैशा नहुने हरुले किन्न पाएनन चावल सकीयो अहिले आएर गरिब निम्नबर्गमा मान्छेलाई बढी समस्या भएको छ ।
यता कोल्टि डिपोमा स्टक भएको चावल पनि सकीएको छ । गएको आर्थिक बर्षमा चावल ढुवानीको जिम्मा पाएको ठेकेदारले ७ हजार कुईन्टर मध्य २ हजार ५ सय कुईन्टल चावल ढुवानी नै नगरेकोले यति चाहो खाद्य अभाब भएको मार्तडी खाद्य डिपोका प्रमुख मेखराज ओझाले बताए ।
चावल ढुवानी पाएको ठेकेदारले सबै चावल ढुवानी गरिदिएको भए केही दिनसम्म भोकमरी हुने थिएन । हाल डिपोमा भएको सबै चावल सकीएको उनले बताए ।
नयाँ ढुवानीको लागि कुनै प्रकृया नै अगाडी बढेको छैन । बर्षातले सडक अबरुद्ध छ । भरिया र खच्चडको समेत सम्भाबना नभएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार