शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • अनेमसघ बाजुराद्धारा सिडियो मार्फत नेपाल सरकार र माथतका मन्त्रालयलाई ज्ञापन पत्र

अनेमसघ बाजुराद्धारा सिडियो मार्फत नेपाल सरकार र माथतका मन्त्रालयलाई ज्ञापन पत्र

  • बुधबार, साउन २८, २०७७
अनेमसघ बाजुराद्धारा सिडियो मार्फत नेपाल सरकार र माथतका मन्त्रालयलाई ज्ञापन पत्र

बाजुरा– अखिल नेपाल महिला सघ बाजुराद्धारा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार गृह मन्त्रालय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय र भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
लगातारको बर्षाका कारण बिगत एक महिना देखी साफे मार्तडी सडक अबरुद्ध हुदा सदरमुकाम मार्तडीसम्मको यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ । कवाडी, कोल्टि मार्तडी खाद्य डिपोमा चावलको अभाब भएकोले तत्काल खाद्य डिपोमा चावलको ब्यबस्थापन, बाढी पहिरोमा परि बिस्तापीत परिवारलाई उचित राहात बितरणलाई प्रभाबकारी ढंग र एकद्धार प्रणालीबाट गर्नु पर्ने बताएको छ ।
त्यस्तै राहात सामग्री गुणस्तर मापन ब्यबस्थापन र अनुगमनको पाटोमा ध्यान दिनु पर्ने, बाटो बन्दका नाममा ब्यापारीहरुले दैनीक उपभोग्य सामग्रीको कृत्तिम अभाव गर्ने गरेको र मुल्य बृद्धि भएकोले अनुगमनको पाटोलाई प्रशासनले समयमै ध्यान दिन पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


जिल्ला बिपद ब्यबस्थापन समितिले तयार गरेको बिपद प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायलाई तत्काल उद्धार र राहात उपलब्ध गराउनु पर्नेमा जोड दिन आबश्यक रहेको लेखिएको छ ।
बुढीगंगा नदिले साफे मार्तडी सडकको बैकल्पीक मार्गको लागि नेपाल सरकारले चाडो सदरमुकामसम्म यातायात संचालन गरि आवत जावतमा सहज बाताबरण सृजना गर्नु पर्ने बताएको छ ।
साउन २५ गते राति आएको अबिरल बर्षाले जिल्लाका गौमुल बडिमालिका र बुढीगंगा नगरपालिकाका थुप्रै भुगामा पुर्याएको क्षेतिको बिबरण संकलन गरेर उचित राहातको ब्यबस्थापन गरिने पर्ने बताएको छ । झोलुंगे पुल बगाउदा धेरै गाउमा आवत जावत नै बन्द भएकोले तत्काल आउजाउमा सहज बनाउन ब्यबस्था गरिनु पर्ने अखिल नेपाल महिला सघ केन्द्रिय सदस्य एवम संबिधान सभा सदस्य बसुन्धरा रोकाया र अखिल महिला नेपाल सघ केन्द्रिय सदस्य कमल कुमारी शाहद्धारा हस्ताक्षर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बाजुरामा बाढीको बितण्डाको बारेमा प्रतिबेद तयार गरेर र मौखिक टेलिफोन मार्फत सम्बन्धित निकायसम्म पुर्याईरहेको बताएको छ । बिस्तापीत परिवार र समस्यमा परेका परिवारको उद्धार र राहतको लागि कुनै कसुर बाकी नराखेर खटिएको गैह्रेले बताए ।
बिस्तापीत परिवारको राहात र उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर तयारी अबस्थामा रहेकोले मौसम अनुकुल नहुदा समस्य भएको छ । मौसन अनुकुल हुने बित्तिकै हेलिकम्पट आउने तयारीमा रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार