शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा सरसफाई तथा बृक्षा रोपण गरेर बनायो अन्तराष्टिय युवा दिवस

बाजुरामा सरसफाई तथा बृक्षा रोपण गरेर बनायो अन्तराष्टिय युवा दिवस

  • बुधबार, साउन २८, २०७७
बाजुरामा सरसफाई तथा बृक्षा रोपण गरेर बनायो अन्तराष्टिय युवा दिवस

बाजुरा — बाजुरामा बजार सरसफाई तथा बृक्षा रोपण गरेर अन्तराष्टिय युवा दिवस २०२० बनाएको छ ।
बिहान सदरमुकाम मार्तडीको खुला मन्च देखी गैरिबजार सम्मको बजार क्षेत्रको फोहोर ब्यबस्थापन गरि बजार क्षेत्रको बर्षाका कारण बुझिएको नालीहरु सरसफाई गरेको र दिउसो पहिरो प्रभाबित ठाउमा बृक्षा रोपण गरिने कार्यक्रम रहेको नेपाल युवा संजाल सुदुरपश्चिम प्रदेश अध्यक्ष शेर रावलले बताए ।


युवा संजाल बाजुराको आयोजनामा संचालित सरसफाई कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे, नेपाल कम्युनिष्ट पार्टी बाजुराका कार्यालय सदस्य गगन रावल नेकपाका नेता भरत थापा, अम्मर खड्का, काशी बिक लगाएत नेता सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता थियो । भने बाजुरा जिल्लाका ७० बढी युवा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


अनौपचारिक सरसफाई कार्यक्रमा सहभागीहरुले दिबस भाषण भुषण भन्दा पनि रचनात्मक काम बाट बनाएकोमा बाजुरा युवा संजाललाई धन्यबाद दिएका छ । यस्ता रचनात्मक कामको लागि जिल्ला प्रशासन बाजुरा बार्टीका नेताहरुले साथ सहयोग गर्ने बताएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार