शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • गाैमुलकाे अजयटोड्की गाँउ दुइ दिन देखी सम्पर्क बिच्छेद, पुगेन्न प्रहरी, प्रशासन

गाैमुलकाे अजयटोड्की गाँउ दुइ दिन देखी सम्पर्क बिच्छेद, पुगेन्न प्रहरी, प्रशासन

गाँउकाे अबस्था के छ कुनै जानकारी छैन : प्रहरी

  • मङ्लबार, साउन २७, २०७७
गाैमुलकाे अजयटोड्की गाँउ दुइ दिन देखी सम्पर्क बिच्छेद, पुगेन्न प्रहरी, प्रशासन
फाइल फाेटाे

गौमुल गाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुल बगाँउदा दुइ दिन गाँउ नै सम्पर्क बिहिन बनेको छ । त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले वताएको छ । त्यहाँ के कति क्षति भएकाे छ । जानकारी आउन नसकेकाे बुझीएकाे छ । पुल सँग बस्ति समेत जाेखिम र केही घर समेत बगाएकाे छ ।

झुलङ्गे पुल बगाँउदा न त्यहाँ काेही जान सकेकाे छ, न त्यहाँ बाट काेही आउन नसकेकाे स्थानिय राम बहादुर बुढाले वताएका छन् । अजयटोड्की गाँउका २० घरधुरीका ९७ जना रहेकाे छन्, हेलिकप्टरका लागि पहल भइरहेकाे छ चाडै उद्धार गर्ने पहलमा रहेकाे प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले वताएका छन् । दुइ दिन सम्म न प्रहरी पुग्न सकेका छन्, न काेही राज्य प्रति आक्राेस पाेख्दै स्थानियले भने खुला आकाश मुनी रात काटनु परेकाे वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख ट‌ंक प्रसाद भट्टराइले भने पुल बगाएकाे हुँदा प्रहरी घटना स्थल पुग्न नसकेकाे वताएका छन् । नदिमा पानिकाे बहाफ पनि बढिरहेकाे उनले वताए ।

अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आबश्यकता भएपनि राज्य बेखबर बनेकाे खाद्द अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले वताएका छन् । स्थानियलाइ खाध्यन्न लगायत राहतकाे आबश्यकता रहेकाे छ, तत्काल हेलिकप्टर बाट ब्यबस्थापन गरिनु पर्ने जैशीले वताएका छन् । गाँउपालिका अध्यक्ष हरि बहादुर राेकायाले भने गृह मन्त्रिलाइ नै भेटेका छाै, उद्धारका लागि पहल भइरहेकाे वताएका छन् ।

बाजुरामा आइतवार रातिको अबिरल बर्षासँगै बुढिगंगा नदिमा आएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्र्पक टुटेको छ । बुढिगंगा नदिमा आएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुल गाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको छ । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।

बुढीगंगा नदिमा आएको बाढिले घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । दर्जनौ घर समेत बगाएको छ । बडिमालिका नगरपालिका २ घागरमा १८ घर, बडिमालिका ६ जडाङ्गामा ६ घर बगाएको छ । त्यस्तै गौमुल गाँउपालिका २ सिममा ८ घर बगाएको छ । गौमुल गाँउपालिका १ र २ मा रहेको अधिकांश बस्ति बिस्थापित भएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

बुढिगंगा नदिले धेरै पछि बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदिको बहाफ बढेको छ । आइतबार नदिको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा खेतियोग्य जमिन समेत बगाएको छ । अत्याधिक बर्षा भइरहेको र तटिय क्षेत्रमा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । बाजुरा जिल्ला देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्तीका नागरिकहरुलार्ई सचेत हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षेदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । सडक खण्डमा रहेका दुईवटा पुल बगाइसकेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । सदरमुकाम सम्मको सडक सञ्चालन हुने सम्भाबना टरेको छ ।

चर्चामा

सम्बन्धित समाचार