शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, साउन २५, २०७७
भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला समेत रहेका छन् ।

वीरगन्ज स्थित रेहको भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज बारुण नियणत्रका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी १ जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार