मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • साथिको जन्मउत्सबको सम्झनामा डा. राजकुमार रोकायाकाे अपांग महिलालाई सहयोग

साथिको जन्मउत्सबको सम्झनामा डा. राजकुमार रोकायाकाे अपांग महिलालाई सहयोग

  • आइतवार, साउन २५, २०७७
साथिको जन्मउत्सबको सम्झनामा डा. राजकुमार रोकायाकाे अपांग महिलालाई सहयोग

साथिको जन्मउत्सबको सम्झनामा सेति अञ्चल अस्पतालमा कार्यरत डा. राजकुमार रोकायाले एक अपांग महिलालाई सहयोग गरेका छन् । गौमुल गाँउपालिका ४ बस्ने ४१ बर्षिय नन्दा विकलाई ५ हजार सहयोग गरेका छन् ।

डा. राजकुमार रोकायाले दिपक पुकार फाउन्डेसन मार्फत सहयोग गरेका छन् । उनको साथि डा. पुकार खरेल साउन २५ गते जन्म दिन परेकोले ति अपांग दिदिलाइ सहयोग गरेको रोकायाले बडिमालिका खबरलाई वताएका छन् । डा. पुकार खरेल र डा. दिपक काफ्ले सन २०१६ अगस्ट ६ तारिकमा चितवनको नारायणी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

डा. राजकुमार रोकायाले गरेको सहयोग गौमुल गाँउपालिकामा नासु पदमा कार्यरत कमला रेग्मि र अनमि कल्पना रोकायाले नन्दा विकलाई घरमै पुगेर हस्तान्तरण गरेकी छन् । डा. रोकायाले नन्दा विकको समस्याको कथा बडिमालिका खबर मार्फत जानकारी पाएपछि सहयोग गरेको वताए । उनको परिवारका अन्य सदस्य कोही नभएकोले केही महिनाका लागि सामान्य खर्चका लागि भएपनि सहयोग गरेको रोकायले वताए ।

नन्दा बिचित्रकि शारीरिक अपांग छन् । आमा बुवाको कुष्ठरोगका कारणले उनि तिन बर्षकै हुदा मृत्यु भएको थियो । उनका दाई भाई कोहि छैन् ! खिरसेर हिडछन्, तर बोल्न प्रष्ट सक्छन् । ४१ बर्ष देखि त्यहि एउटै ठाउमा छन् । रहर त धेरै छन्, तरपनि उनी सबैतिर बाट ठगिएकि छन्, सहयोग हस्तान्तरणमा पुगेकी कमला रेग्मिले वताएकि छन् । नन्दाको गित रचना र गायन क्षेत्रमा उनको निकै प्रतिभा रहेको छ ।

दिपक पुकार फाउन्डेसन डा. पुकार खरेल र डा. दिपक काफ्लेको नाममा स्थापना भएको हो । साथिहरुको सम्झना सँगै सामाजिक क्षेत्रमा काम गर्ने गरि फाउन्डेसन स्थापना भएको हो । सहयोग गर्ने डा. राजकुमार रोकायाको जन्मस्थान बाजुराको बुढिनन्दा नगरपालिकाको पाण्डुसेनमा हो ।

चर्चामा

सम्बन्धित समाचार