बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • रिटायर्ड भयो चर्चित कूटनीतिज्ञ बिरालो

रिटायर्ड भयो चर्चित कूटनीतिज्ञ बिरालो

  • आइतवार, साउन २५, २०७७
रिटायर्ड भयो चर्चित कूटनीतिज्ञ बिरालो

बेलायतको विदेश मन्त्रालयमा कार्यरत एउटा चर्चित बिरालो सेवा निवृत्त भएको छ । लर्ड पाल्मेर्स्टन द चिफ माउसर नामको उक्त बिरालोले बेलायको कूटनीतिक सेवाको जागिरबाट स्वेच्छिक अवकाश लिएको बेलायतको परराष्ट्र मन्त्रायले जनाएको छ ।

अबकाससँगै अब यो बिरालोले बेलायतको ग्रामीण इलाकामा आफ्नो रिटायर्ड जीवन बिताउनेछ । परराष्ट्र मन्त्रालयकै एकजना अधिकारीको घरमा यो बिरालोले आफ्नो बाँकी जीवन बिताउनेछ ।

परराष्ट्र सेवाकै कर्मचारी अर्थात कूटनीतिज्ञकै रुपमा यो बिरालोलाई विदेश मन्त्रालयमा भर्ना गरी काममा खटाइएको थियो । यो बिरालो सन् २०१६ देखि विदेश मन्त्रालयमा कार्यरत थियो । यो बिरालोको नाम बेलायतका पूर्व विदेश सचिवको नामबाट राखिएको थियो ।

लण्डनस्थित विदेश मन्त्रालयमा कार्यरत यो बिरालो कहिलेकाहीँ आफ्नो कार्यालयको पर्खाल नाघेर राजदरबार भित्र छिरेर शाही सेवाको बिरालोसँग लडाइँ समेत गर्ने गर्दथ्यो । जसका कारण यो बिरालो झनै चर्चित बनेको थियो ।

बेलायतको विदेश तथा राष्ट्रमण्डल मन्त्रालयका स्थायी उपसचिव तथा कूटनीतिक सेवा प्रमुख सर साइमन म्याकडोनाल्डले यस बिरालोको अवकासको घोषणा गरे । निकै लोकप्रिय रहेको उक्त पाल्मेर्टसन नामक बिरालोको ट्वीटर ह्याण्डिल @Diplomog मा १ लाख भन्दा बढी फलोअर्स छन् ।

लकडाउनका बेला परराष्ट्र मन्त्रालयका अधिकारीको घरमा गएको सो बिरालोले उतै बस्न रुचि देखाएसँगै उसलाई स्वेच्छिक अवकास दिइएको हो । विदेश मन्त्रालयका सबैजनाले उक्त भूतपूर्व सहकर्मीलाई मिस गर्ने उनले बताए ।

– एजेन्सी

चर्चामा

सम्बन्धित समाचार