शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • बडिमालिका
  • पहिराेले धुजा धुजा साँफे मार्तडी सडक, बिद्धुत सेवा समेत अबरूद्ध

पहिराेले धुजा धुजा साँफे मार्तडी सडक, बिद्धुत सेवा समेत अबरूद्ध

  • शनिबार, साउन २४, २०७७
पहिराेले धुजा धुजा साँफे मार्तडी सडक, बिद्धुत सेवा समेत अबरूद्ध

बाजुरा जिल्लाको सदरमुकामबाट बाहीर जाने सबै सडकहरु अबरुद्ध भएका छन । हिजो सम्म ६ किलोमिटर सडकमा गाडी गुडिरहेको भए पनी हिजो रातीको अत्याधिक बर्षाका कारण मार्तडी भन्दा बाहिरका सडक अबरुद्ध भएका छन । पहिरोका कारण सडक अबरुद्ध हुदा आवत जावतमा समेत समस्या भएको छ । त्यसै गरी सडक संगै बाढिले जिल्ला सदरमुकाम मार्तडीको बिद्युत सेवा समेत अबरुद्ध भएको छ । हिजो राती परेको अबिरल बर्षा सगै बिद्युतको मुहनामा आएको भेलले नहरमा क्षेती बनाएर बिद्युत सेवा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
साफेँ मार्तडी सडक खण्ड अन्तरगत हरडेसम्मको यातायात समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ । मार्तडी देखी तलतिरको सडक पहिरोका कारण छेदबिछेद भएको छ । ठाउँ ठाउँमा पहिरोका कारण सदरमुकाम मार्तडी सम्मको सम्बन्ध समेत टुटेको छ । कामका लागि सदरमुकाम आउनेहरुका लागि पनि यात्रा सकसपुर्ण रहेको स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार