शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • आज अन्तर्राष्ट्रिय बियर दिवस

आज अन्तर्राष्ट्रिय बियर दिवस

  • शुक्रबार, साउन २३, २०७७
आज अन्तर्राष्ट्रिय बियर दिवस

अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ ।  मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो ।

प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ । अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका कारण यसप्रकार थिए ।

– साथीभाइसँग जमघट र बियरको स्वाद लिने

– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने

– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने

चर्चामा

सम्बन्धित समाचार