शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु

  • बिहिबार, साउन २२, २०७७
काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौँ —  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनी १६ गते मनमोहन अस्पतालबाट सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन्।

उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो। यस सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार