शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ४ सय एक्कडमा गज्जबको आलु होटल

४ सय एक्कडमा गज्जबको आलु होटल

  • बिहिबार, साउन २२, २०७७
४ सय एक्कडमा गज्जबको आलु होटल

एजेन्सी — अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो ।

सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो । उक्त आलु होटलमा एक पटकमा निकै ऐश आरामसाथ दुईजना पाहुना बस्न सक्दछन् । लग्जरी बेठ, सोफा, ट्वाइलेट बाथरुम, स्पा, खानपिनलगायतका लक्जरी होटलका सम्पूर्ण सुविधा छन् यो होटलमा । उक्त होटलमा एक रात बस्नका लागि २ सय भारु तिर्नु पर्दछ ।

यस होटलको इन्टेरियर डिजाइन विल्कुलै आधुनिक छ । घरभित्रका बेड कभर लगायतका अधिकांश चिजहरु हातेबुना छन् । अमेरिकाको इडाहो आलु उत्पादनका लागि अमेरिकाभर नै चर्चित छ । राज्यको आलु पहिचानलाई सम्वृद्ध बनाउनका लागि एयरबर्नले आलुको आकारमा होटलको डिजाइन गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार