बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  • बुधबार, साउन २१, २०७७
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

बुधबार कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उनीहरुको काठमाडाैं र मोरङमा मृत्यु भएको हो । काठमाडौँमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिला साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी थिइन् ।

त्यस्तै बुधबार नै मोरङमा २ जना पुरुषको मृत्यु भएकामा उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा उपचार उपचारका क्रममा ज्यान गुमाएका उनीहरु दुवैको रिपोर्टमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षकै पुरुष रहेका छन् ।आजै स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पर्साका २ जनाको पनि मृत्यु भएको जानकारी दिएको थियो । एक जनाको बुधबार बिहान र अर्काको सोमबार राति मृत्यु भएको थियो । थप ३ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार